Kathmandu Press

ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणमा उपयोग गर्न विद्यार्थीलाई राष्ट्रपतिकाे आह्वान

उनले मुलुकको भविश्य युवा विद्यार्थीहरुको हातमा रहेको भन्दै सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणमा उपयोग गर्न विद्यार्थीलाई राष्ट्रपतिकाे आह्वान

काठमाडौं, पुस २ : राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्न विद्यार्थीहरुलाई आह्वान गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहका अवसरमा सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वदेशमा प्राप्त ज्ञान, सीप, प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न आह्वान गरेका हुन्।

उनले मुलुकको भविश्य युवा विद्यार्थीहरुको हातमा रहेको भन्दै सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

शिक्षा बिकासका लागि प्रयाप्त नभइपनि सरकारले यस क्षेत्रमा ठूलो लगानी गरेकै कारण हजारौ विद्यार्थीहरु दीक्षित हुन सफल भएको उहाले बताए। राष्ट्रपति पौडेलले पढाइमा अब्बल बन्नुपर्ने दबावका साथै रोजगारीको चिन्ता हुने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे।

दीक्षान्त समारोहमा विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन्।

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्