Kathmandu Press

ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा सुरु

ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा सुरु

काठमाडौं, पुस २ : ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ। 

महानगरको १०५औं स्थापना दिवसको अवसरमा सोमवार आज महानगरभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो। दुई जनालाई विद्युतीय कार्ड वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन्। 

२०७२ चैत २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो।
स्वास्थ्य बीमा कसरी गर्ने ?

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्र्तगतको कार्यक्रम हो। ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन्। 

स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन्। उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४ सय ६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ। 
 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्