Kathmandu Press

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं, पुस २ : मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्। 

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले भने, 'साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो।'

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्