Kathmandu Press

त्रिवि दीक्षान्तर समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त 

सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। 
त्रिवि दीक्षान्तर समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त 

काठमाडौं, पुस २ : त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। 

सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। 

दीक्षान्त समारोजमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि छन्। दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुदैछन्।
 
प्रकाशित मिति: १२:४५ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्