Kathmandu Press

एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, यस्ता छन् एजेन्डा 

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक आजदेखि, यस्ता छन् एजेन्डा 

काठमाडौं, पुस २ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको हो । 

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । 

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्