Kathmandu Press

‘सरकारका राम्रा कामबाट आतंकित बनेका प्रतिक्रियावादीहरु जनतामा भ्रम छर्न व्यस्त छन्’

प्रधानमन्त्री दाहालले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एक थरी मान्छे आतंकित बनेको बताएका हुन्।
‘सरकारका राम्रा कामबाट आतंकित बनेका प्रतिक्रियावादीहरु जनतामा भ्रम छर्न व्यस्त छन्’

महोत्तरी, पुस १ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थालेका राम्रा कामलाई लिएर आतंकित भएका प्रतिक्रियावादीहरु जनतमा जनतामा भ्रम छर्न व्यस्त बनेको बताएका छन्।

महोत्तरीको बर्दिवासमा रहेको जनता माद्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सवमा बोल्दै प्रधानमन्त्री दाहालले सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट एक थरी मान्छे आतंकित बनेको बताएका हुन्।

‘एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकारले देशव्यापी रुपमा थालेको सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा भएका कामबाट आतंकित भएका रहेछन्,’ दाहालले भने, ‘मलाई एनसेलमा अर्बौंको भ्रष्टाचार गरे प्रचण्डले भनेर जनतामा भ्रम छर्न थालिएको रहेछ।’

गठबन्धन र मन्त्रिपरिषद्‌को बैठकबाट एनसेलसम्बन्धी भएका समग्र गतिविधि छानबिन गर्न समिति बनाएपछि प्रतिक्रियावादीहरुले जानीबुझी सरकारका राम्रा कामको कुप्रचार गर्ने षड्यन्त्र रचेकाले यस्तो भ्रममा नपर्न दाहालले सबैमा अपिल गरे।

उनीहरुले माओवादी केन्द्रको नेतृत्वको सरकारले थालेका कामहरुबाट देशमा सकारात्मक परिवर्तन सुरु भएको देख्न नसकेको दाहालको आरोप थियो।

नेपालमा शिक्षामा गुणात्मक रुपान्तरण गर्नु देशको अहिलेको महत्वपूर्ण कार्यभार भएको भन्दै प्रधानमन्त्री दाहालले शिक्षा विधेयक छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गराएर कार्यान्वयनमा ल्याउनेसमेत प्रतिबद्धता जनाए। शिक्षामा युगसांपेक्ष परिमार्जन राष्ट्रिय आवश्यकता भएकाले शिक्षासम्बन्धी विधेयक परिमार्जन र कार्यान्वयनमा सरकारले विशेष जोड दिने उनले बताए।

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्