Kathmandu Press

राष्ट्रिय सभा चुनावका लागि १२ वटा दललाई चिह्न प्रदान

राष्ट्रिय सभा चुनावका लागि १२ वटा दललाई चिह्न प्रदान

काठमाडौं, पुस १ : माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न दिएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गरेर दर्ता भइसकेका १२ वटा दललाई चुनाव चिह्न दिईत्यसको क्रम निर्धारण गरेको जनाएको हो। आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको दल दर्ता भएको हो।

संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेको छैन। आज (शुक्रबार) सम्मका लागि दल दर्ताको समय तोकिएको थियो।

फागुन २० गते एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनीत दुई गरी २० सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि माघ ११ गते चुनाव हुँदैछ। उक्त चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यले मतदान गर्नेछन् ।
 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्