रुस–युक्रेन युद्धमा टीकापुरका भरत शाहको मृत्यु भएको खुलासा

धनगढी, पुस १ : रुस–युक्रेन युद्धमा कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको खुलासा भएको छ। परिवारले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेपछि त्यस्तो खुलासा भएको हो। भरत रुसी सेनाका तर्फबाट युद्धमा सहभागी थिए।
भरतको मृत्युको खबर परिवारका सदस्यले मंसिर १० गते पाएको जनाइएको छ। रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले भरत युद्धमा मारिएको खबर पठाएको र परिवारले ढिला मात्र जानकारी पाएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार भरतको मृत्यु नोभेम्बर २६ मा युद्ध सहभागी हुने क्रममा गोली लागेर भएको हो।
पूर्वप्रहरीसमेत रहेका भरत गत साउन ३० गते संयुक्त अरब इमिरेट्स (युएई) को दुबई गएका थिए। दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका उनी त्यतैबाट रुस गएका थिए। भरतका श्रीमती, नाबालक छोरा र छोरी छन्।
प्रकाशित मिति: १५:४२ बजे, आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











