Kathmandu Press

‘मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याऔं’

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए। 
‘मेलम्चीको पानी चाँडो काठमाडौं पुर्‍याऔं’

सिन्धुपाल्चोक, पुस १ : सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्‍याउन आग्रह गरेका छन्।

मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए। 

 सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको  माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका छन्। 

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए। उहाँका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए। 

प्रकाशित मिति: १५:३० बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्