Kathmandu Press

चिवाभञ्ज्याङमा संकल्प यात्रा समापन गर्दै ओलीले भने- राजनीतिप्रति जनतामा फैलिएको निराशा आशामा परिणत

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताए। यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले दाबी गरे।
चिवाभञ्ज्याङमा संकल्प यात्रा समापन गर्दै ओलीले भने- राजनीतिप्रति जनतामा फैलिएको निराशा आशामा परिणत

काठमाडाैं, पुस १ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका छन्।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आइतबार पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको र अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका हुन्।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताए। यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले दाबी गरे।

ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गरे।

उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए। संकल्प यात्रा समापनका क्रममा ओलीले राष्ट्रिय झण्डा फहराएएका थिए। 

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्