Kathmandu Press

बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

काठमाडौं, पुस १ : १७ वर्षीया किशोरी बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन्।

देवकाेटाविरूद्ध प्रहरी वृत्त बानेश्वरमा जाहेरी परेको थियाे। साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएकाे छ। काठमाडौंकाे पेप्सिकोलास्थित देवकोटाकै घरमा पिहला बस्ने गरेकी १७ वर्षीया किशोरीले देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

ती किशाेरी देवकोटाकै संरक्षणमा रहँदै आएको र एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा उल्लेख छ। पछिल्लो समय भदाै २६ मा उनले करणी गरेको जाहेरीमा दाबी गरिएकाे छ।

सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सीकोला बस्ने २७ वर्षीय दीपेश नेपाली पनि पक्राउ परेका छन्। देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी परेका छन्। नेपाली पीडितका प्रेमी रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्