Kathmandu Press

सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यक : मन्त्री शर्मा

सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यक : मन्त्री शर्मा

काठमाडौं, पुस १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताएकी छन्। 

आइतबार गोरखापत्र संस्थानको अंग्रजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको बताइन्। 

‘धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले बोल्न सक्नुपर्छ,’  मन्त्री शर्माले भनिन्। 

सञ्चार माध्यमले इमानदार भएर काम गरे सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदारको प्रयास गर्ने उनको भनाइ थियो। ‘तपाईंहरु आफ्नो जिम्मेवारीप्रति इमानदार भइदिनुस्, सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदार प्रयास गर्नेछ,’ उनले भनिन्। 
 

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्