दाङमा स्थानीइको पर्दशनले सडक अवरुद्ध
दुई दिनअघि टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको घटनालाई लिएर आफन्तसहित स्थानीय प्रदर्शशनमा उत्रिएपछि सडक अवरुद्ध भएको हो।
दाङ, पुस १ : दाङमा स्थानीय प्रदर्शनमा उत्रिएपछि सडक अवरुद्ध भएको छ। दुई दिनअघि टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको घटनालाई लिएर आफन्तसहित स्थानीय प्रदर्शशनमा उत्रिएपछि सडक अवरुद्ध भएको हो।
शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको थियो। सोही घटनालाई आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ।
मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका छन्। सोही क्रममा सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायतलाई प्रहरीले नियन्त्रण लिएको हो।
प्रकाशित मिति: ११:१७ बजे, आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











