रास्वपा सभापति भन्छन्– हामीसँग सुशासनको एजेन्डा मात्रै छ
पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभइ सुशासनका एजेन्डामात्र भएको बताए।
काठमाडौं, मंसिर ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरुले मदन भण्डारी र वीपी कोइरालाको विचारलाई बेचिरहेको आरोप लगाएका छन्।
पार्टीले शनिबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले भजाएर खान आफूहरूसँग कसैका विचारको भारी नभइ सुशासनका एजेन्डामात्र भएको बताए।
‘हामीसँग ठेकेदारहरुको र कार्यकर्ताको लिस्ट छैन। बेच्नका लागि हामीसँग मदन वीपी कोही छैनन्। हामीसँग सुशासनको एउटा एजेन्डा छ,’ उनले भने, ‘हृदय छ केही गरेर देखाउने र क्षमतावान योग्यता भएका व्यक्तित्वहरू हाम्रो पार्टीमा छन् बस् । यत्तिकै आधारमा हामी अगाडि बढेका हौं।’
(10)-1702737099.jpg?timestamp=1702737182141)
उनले आफू गएको देखेर सत्ताधारी दलका नेताहरु राज्यलाई खर्चको भार बोकाएर देखाउनका लागि जाजरकोट गएको टिप्पणी गरे।
भूकम्पस्थलमा कम्युनिष्टहरु रास्वपासँग प्रतिष्पर्धाका लागि हेलिकोप्टर प्रदर्शन गर्न मात्र पुगेको उनको आरोप थियो। आफूहरुसँग प्रतिस्पर्धा गर्न होइन जनताको घाउमा मलम लगाउन जान उनले आग्रह गरे।
‘देशको दुर्गम ठाउँमा भूकम्प जान्छ, हामी त्यहाँ को पहिला पुग्ने भन्ने होड चल्छ। सत्ताधारीहरु एकाबिहानै झिसमिसेमा आँखा मिच्दै हेलिकोप्टर चढेर त्यहाँ पुग्छन्। उनीहरुलाई डर छ पहिला यो पुग्यो भने बर्बाद हुन्छ भनेर,’ उनले भने, ‘पुग्नुहोस् तर हेलिकोप्टर प्रदर्शन गर्न होइन, जनताको घाउमा मलम पट्टी लगाउन जानुहोस्। हेलिकोप्टरले कति पैसा खर्च भयो थाहा छैन। जाडोले मानिस मरे, हामीसँग प्रतिस्पर्धा गर्न देखाउन नजानुहोस्।’
(14)-1702737095.jpg?timestamp=1702737192924)
(14)-1702737095.jpg?timestamp=1702737214966)
सभापति लामिछानेले विश्वविद्यालयमा तालाबन्दी गरेर देशको भलो नहुने भन्दै भागबण्डामा पदहरु बाँडेको कारण देशमा लुटतन्त्रको धन्दा बढेको टिप्पणी गरे । एकपटक आफूलाई अवसर मिलेमा लुटको खेतीमा हिडेकाहरुलाई रोक्ने जिकिर उनले गरे।











