मानवसेवा आश्रमको मुख्य कार्यालय प्रधानमन्त्रीबाट उद्घाटन (तस्बिरहरू)
आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन्।
हेटौंडा, मंसिर ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाग्मती प्रदेशको राजधानी हेटौंडामा मानवसेवा आश्रमको मुख्य कार्यालय भवन सञ्चालनमा आएको छ। नवनिर्मित उक्त भवनको आज (शनिबार) उद्घाटन गरएिको छ। उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मानव सेवा आश्रमले हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापमा निर्माण गरेको उक्त आश्रमको मुख्य कार्यालय भवनको दाहालले अवलोकन गर्नुका साथै आश्रममा आश्रित व्यक्तिहरुसँग अन्तरक्रिया पनि गरे।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए। प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताइन्। बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए। हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवद्र्धन गरिरहेको बताए।
-1702714175.jpeg?timestamp=1702715754348)
मानवसेवा आश्रमको सो भवन रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो। आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन्। सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।
-1702714187.jpeg?timestamp=1702715754348)
-1702714266.jpeg?timestamp=1702715754348)
-1702714448.jpeg?timestamp=1702715754348)
-1702714351.jpeg?timestamp=1702715754348)
-1702714349.jpeg?timestamp=1702715754348)
-1702714268.jpeg?timestamp=1702715754348)
-1702714500.jpeg?timestamp=1702715669837)
-1702714543.jpeg?timestamp=1702715669837)
-1702714645.jpeg?timestamp=1702715669837)
-1702714684.jpeg?timestamp=1702715669837)
-1702714910.jpeg?timestamp=1702715669837)
-1702714896.jpeg?timestamp=1702715669837)
-1702714779.jpeg?timestamp=1702715669837)
-1702714775.jpeg?timestamp=1702715669837)
-1702714985.jpeg?timestamp=1702715669837)
-1702714990.jpeg?timestamp=1702715669837)
-1702715109.jpeg?timestamp=1702715669837)
-1702715066.jpeg?timestamp=1702715669837)

-1702715153.jpeg?timestamp=1702715669837)











