Kathmandu Press

‘पैसा नभएकै कारण उपचार नपाएर कोही मर्नु पर्दैन’

शनिवार मकवानपुरको हेटौडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालल नेपालको संविधान २०७२ अघि कहिल्लै पनि जनतालाई सार्वभौम भनेर घोषणा नगरिएको बताए। 
‘पैसा नभएकै कारण उपचार नपाएर कोही मर्नु पर्दैन’

हेटौंडा, मंसिर ३० : प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट बनेको नेपालको संविधानले आम नेपाली जनतालाई सार्वभौम बनाएको बताएका छन्। 

शनिवार मकवानपुरको हेटौडामा मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालल नेपालको संविधान २०७२ अघि कहिल्लै पनि जनतालाई सार्वभौम भनेर घोषणा नगरिएको बताए। ‘हामीले धेरै लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट नयाँ संविधान बनायौं। यो संविधानले आम नेपाली जनतालाई सार्वभौम बनाएको छ,’ उनले भने , ‘नेपालको इतिहासमा कहिल्लै पनि जनता सार्वभौम भनेर संविधानको घोषणाको आधिकारिक मानिएको थिएन।’ 

उनले संविधानमा उल्लेख गरिएका मौलिक हकहरुले व्यवहारिक रुप पाएको भन्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने दाबी गरे। उनले भने, ‘कसैले आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य आदिबाट बञ्चित हुनुपर्दैन। उपचार नपाएर कोही मर्नु पर्दैन।  त्यसको जिम्मा राज्यले लिन्छ। यो युगान्तकारी कुरा हो।’ 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्