Kathmandu Press

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो।
पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

काठमाडौं, मंसिर ३० : अभिनेता पल शाहविरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहो¥याएर सुनुवाइ गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्यांकन नगरिएको सर्वोच्चको ठहर  छ।

प्रकाशित मिति: ११:३८ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्