Kathmandu Press

युवा शक्ति पलायन रोक्न प्रयास हुनुपर्ने

सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे। उहाँले युवामैत्री नीति, कानुन र योजना निर्माणमा गर्नुपर्ने बताए।
युवा शक्ति पलायन रोक्न प्रयास हुनुपर्ने

रुपन्देही, मंसिर २९ : सभामुख देवराज घिमिरेले युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी  व्यवस्था गर्नुपर्ने बताए।

सभामुख घिमिरेले पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने बताए।

नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनमा सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गरे। उहाँले युवामैत्री नीति, कानुन र योजना निर्माणमा गर्नुपर्ने बताए।

'युवाको पक्षमा कानुन बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको छ,' उनले भने, 'अहिलेका युवामा देखिएका निरासा अन्त्य गर्नुपर्छ।' उनले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताए।

सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे।

नेपाल जेसिजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताए। उनले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताए।

प्रकाशित मिति: ०७:४२ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्