Kathmandu Press

गृहले फेर्‍यो १६ जिल्लाका सिडिओ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन्।
गृहले फेर्‍यो १६ जिल्लाका सिडिओ

काठमाडौं, मंसिर २९ : गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। यस्तै, गृहले एक महानिर्देशकको सरूवा गरेको छ  भने ८ जना सहसचिवको पदस्थापन गरेको छ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन्।

जिल्ला प्रशासन पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीकोरुपमा सरुवा गरिएको छ भने कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन्। सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर पुर्‍याइएका छन् ।

त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरे लाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन्।

 

प्रकाशित मिति: २०:४८ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्