जन्मिएको जिल्लामा ओलीले गरे सर्वसाधारणसँग छलफलमा
दुई दिन तेह्रथुममा रहँदा जिल्लाका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेने एमाले कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए।
तेह्रथुम, २९ मंसिर : नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्याबारे जानकारी लिएका छन्।
बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्राका क्रममा बिहीबार जन्म जिल्ला पुगेका ओली भोलि पनि यहीँ रहने छन्। दुई दिन तेह्रथुममा रहँदा जिल्लाका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेने एमाले कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए।
म्याङलुङस्थित पार्टी कार्यालयमा आज पार्टी कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले लिए। तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ।
ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे।
कृषिको व्यावसायिकीकरण र वैज्ञानिकीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने बताउँदै अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्न पार्टीले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे।
अध्यक्ष ओली आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा विश्राम गर्ने छन्।











