Kathmandu Press

रिहा भए बालकृष्ण खाण

उच्च अदालत पाटनले बिहीबार ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि पुर्पक्षका लागि धुनामा रहेका खाण शुक्रबार साँझ रिहा भएका हुन्।
रिहा भए बालकृष्ण खाण

काठमाडौं, मंसिर २९ : नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण रिहा भएका छन्।

उच्च अदालत पाटनले बिहीबार ३० लाख धरौटीमा छाड्न आदेश दिएपछि पुर्पक्षका लागि धुनामा रहेका खाण शुक्रबार साँझ ७ महिनापछि रिहा भएका हुन्।

खाणले शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाए थिए। त्यसपछि उनलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले त्यहाँ बैंक ग्यारेन्टी राखेका थिए।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुगेका खाणसँग अख्तियारले संक्षिप्त बयान लिएको थियो। बनायानपछि अख्तियारले साधारण तारेखमा छाड्न आदेश दिएपछि खाण ७ महिना कारकागर बसेर रिहा भएका हुन्।

शरणार्थी प्रकरणमा खाण वैशाख २७ गते पक्राउ परेका थिए। राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते र ठगी चार कसूरमा जिल्ला अदालत काठमाडौंमा खाणसहितका आरोपितविरुद्ध जेठ १० गते मुद्दा दायर भएको थियो।

 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्