न्याय पाएको भन्दै नवराज विकका परिवारकाे धन्यवाद

काठमाडौं, मंसिर २९ : रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन्।
छोरा मरे, न्याय मरेन भन्दै उनीहरुले काठमाडौंका धन्यवाद सभासहित र्यालीको आयोेजना गरेको थियो। भृकुटीमण्डपदेखि सुरु भएको र्याली बाजागाजा सहित शान्तिबाटीकापुगेर समापन भएको थियो।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए।
जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो। धन्यवाद सभामा नवराज विकका बुबा मोहन बिकले आफुले न्याय पाएको भन्दै खुसी व्यक्त गरे। अदालतको फैसलाले उचित न्यायको महशुस भएको भन्दै आफुहरुलाई समर्थन गर्ने सवैलाई उहाले धन्यवाद दिए।
उहाले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको बताए।











