सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौं महानगरपालिकाले मंसिर १२ गते जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
काठमाडौं, मंसिर २९ : सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ। उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। श्रीराम टोबागो उद्योगले महानगरको सो निर्णयविरुद्ध मुद्दा हालेको थियो।
काठमाडौं महानगरपालिकाले मंसिर १२ गते जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रकाशित मिति: १७:०८ बजे, शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार