Kathmandu Press

‘प्रभावकारी ढंगले देश विकास गरिरहेकाे एमालेलाई षडयन्त्रपूर्वक सत्ताबाट हटाइयाे’

‘प्रभावकारी ढंगले देश विकास गरिरहेकाे एमालेलाई षडयन्त्रपूर्वक सत्ताबाट हटाइयाे’

तेह्रथुम, मंसिर २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढंगले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको बताएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेर्हथुमको आठराई गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण बिकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका हुन्।

एमालेलाई सरकारबाट हटाएपनि जनतामा प्रभाव बिस्थापीत गर्न नसकेको र लोकप्रीय पार्टी हुन सफल भएको उहाले बताउनुभयो। ओलीले मिसन २०८४का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौ जनता सहभागी भएको दाबी गरे।

ओलीले मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहित नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको जिकिर गरे। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्