Kathmandu Press

हिउँदे याममा २७ हिमालका चुचुरोमा ९५७ आरोही

काठमाडौं, पुस २७ : हिउँदे याममा पनि यस पटक हिमालको सफल आरोहण भएको छ। नेपाल खुल्ला गरेका चार सय १५ मध्ये २७ हिमालको चुचुरोमा आरोही पुगेका छन्।

<....
हिउँदे याममा २७ हिमालका चुचुरोमा ९५७ आरोही

काठमाडौं, पुस २७ : हिउँदे याममा पनि यस पटक हिमालको सफल आरोहण भएको छ। नेपाल खुल्ला गरेका चार सय १५ मध्ये २७ हिमालको चुचुरोमा आरोही पुगेका छन्।

पर्यटन विभागका अनुसार, हिउँदे यामका लागि ५३ वटा हिमालको आरोहण अनुमति दिइएको थियो। जसमा २७ वटा हिमालको मात्रै सफल आरोहण भएको हो।

विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आर्चायका अनुसार २७ वटा हिमालमा आरोही र गाईड गरि ९ सय ५७ जनाले आरोहण सम्पन्न गरे।

Hardik ivf

आचार्यका अनुसार २७ वटा हिमालका लागि विभागवाट ८ सय ४४ पुरुष र २ सय २९ महिला गरि एक हजार ७३ जनाले अनुमति लिएकोमा ४ सय २१ पुरुष र १ सय १८ महिला गरि ५ सय ३९ जनाले आरोहण सफल गरे। त्यस्तै ५ सय ३९ आरोहीका साथमा ४ सय ११ पुरुष र ६ महिला गरि ४ सय १८ जना गाईड तथा भरियाले आरोहण सफल गरे।

यो सिजनमा सबैभन्दा धेरै मनास्लु हिमालको सफल आरोहण भएको छ। समुन्द्री सतहवाट ८ हजार एक सय ६३ मिटर उचाईमा रहेको मनास्लुमा एक सय ४० पुरुष र ४८ महिला आरोही गरि एक सय ८८ जना आरोहीले आरोहण गरेका छन्।

विभागवाट मनास्लु आरोहणका लागि दुई सय ४ जना पुरुष र ६० जना महिला गरि दुईसय ६५ जना आरोहीले अनुमति लिएका थिए।

आरोहीका साथमा १ सय ६६ पुरुष र एकजना महिला गरि एक सय ६७ गाईडले आरोहण गरेका थिए।

त्यस्तै आठ हजार आठ सय १४ मिटर उचाईको आमादब्लम हिमालको एक सय ८१ जनाले सफल आरोहण गरेका छन्। जसमा ५४ पुरुष र २७ महिला छन्।

आमादब्लमको आरोहणका लागि तीन सय ४७ आरोहीले अनुमति लिएका थिए। उनीहरुसँगै एक सय ५९ जना गाईडले पनि आमादब्लमको सफल आरोहण गरेका छन्। मनास्लुपछि धेरै आरोहण हुने हिमाल आमादब्लम हो।

यो सिजनमा ५३ वटा हिमाल आरोहणका लागि ६४ देशका आरोहीले अनुमति लिएका थिए। जसमा ५४ देशका आरोहीले सफल आरोहण गरेका छन्।

यो सिजनमा मनास्लु, आमादब्लमसँगै हिमलुङ्ग, थापा पिक, सरिबुङ, थोराङ पिक, पुथा हिमचुली, धवलागिरी, बरुंत्से, लुबुला, अन्नपूर्ण–४, गौगिरी, पङपोचेको सफल आरोहण भएको छ।

त्यस्तै, तेन्जी रागी ताउ, नेमजुङ, चामलाङ, नोर्बु खाङ, होङडे, लिन्कु चुली, अर्डाङ, तेङकोमा, टिलिचो पिक, पाङपोचे–२, बीपी स्कट पिक, खाँतेगा र होङुु हिमालको पनि सफल आरोहण भएको छ।

यो सिजनमा ५३ वटा हिमाल आरोहण अनुमतिबाट ६ करोड ५७ लाख ८३ हजारभन्दा बढि राजश्व संकलन गरिएको छ।

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, पुस २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्