Kathmandu Press

प्रधानन्यायाधीश जबराका सुरक्षाकर्मी संख्या कटौती

काठमाडौं, असोज २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सुरक्षाकर्मी संख्या कटौती गरिएको छ। स्रोतका अनुसार अहिले पनि चोलेन्द्र शमशेरका पिएसओ छन्। तर केही...
प्रधानन्यायाधीश जबराका सुरक्षाकर्मी संख्या कटौती

काठमाडौं, असोज २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सुरक्षाकर्मी संख्या कटौती गरिएको छ। स्रोतका अनुसार अहिले पनि चोलेन्द्र शमशेरका पिएसओ छन्। 

तर केही अगुवा पछुवा लगायत अन्य केही प्रहरी अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसयता उनी निलम्बित छन्।

शनिबार राति महाअभियोग समितिले उनलाई महाअभियोग लगाउने सिफारिस प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाइसकेका छन्। तर प्रतिनिधिसभाको कार्यकाल सकिएको भन्दै उनले आइतरबार सर्वोच्च फर्किने तयारी गरेका थिए।
 

प्रकाशित मिति: २०:५० बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्