Kathmandu Press

चोलेन्द्रले अदालतमाथि मजाक गरे : अध्यक्ष घिमिरे 

काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा...
चोलेन्द्रले अदालतमाथि मजाक गरे : अध्यक्ष घिमिरे 

काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष घिमिरेले सर्वोच्च फर्किन्छु भनेर चोलेन्द्रले अदालतमाथि मजाक गरेको बताएका हुन् । 

उनले संसदको महाभियोग सिफारिस समितिले चोलेन्द्रमाथि महाभियोग लगाउन सिफारिस गर्दै संसदमा प्रतिवेदन बुझाइसकेको अवस्थामा सर्वोच्च फर्किन नमिल्ने प्रष्ट पारे । 

Hardik ivf

अहिले संसद नै सकिएको नभई सांसदको कार्यकाल मात्र सकिएको उनको भनाई छ । ‘संसद अविछिन्न उत्तराधिकारीवाला संस्था हो, त्यसैले संसद सकिदैन । सांसदहरुको कार्यकाल सकिएको हो,’ उनले भने । 

उनले जबरामाथि लगाइएको महाभियोगबारे आगामी संसदले निर्णय गर्नेसमेत बताए  । उनले जबरा सर्वोच्च आउन खोजे विरोध गर्ने बताए । 
 

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्