यस्तो छ कांग्रेस नेतादेखि कार्यकर्तासम्मको प्रस्तावित मर्यादाक्रम
प्रस्तावित मर्यादाक्रम अनुसार पहिलो नम्बरमा केन्द्रीय सभापति रहेको छ भने दोस्रोमा पुर्वसभापति राखिएको छ।
काठमाडौं, असार २८ : नेपाली कांग्रेसले नेतादेखि कार्यकर्तासम्मको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । आइतबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसले संगठनात्मक संरचनाभित्र १२१ वटा ओहोदाको वरीयता निर्धारण गरी पेस गरेको हो।
प्रस्तावित मर्यादाक्रम अनुसार पहिलो नम्बरमा केन्द्रीय सभापति रहेको छ भने दोस्रोमा पुर्वसभापति राखिएको छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री क्रमशः तेस्रो र चौथो वरीयतामा राखिएको छ । पदाधिकारीको वरीयता भने संसदीय दलको नेतापछि राखिएको छ ।
पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा पछि राखिएको छ भने भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षको मर्यादाक्रम कांग्रेसका महासमिति सदस्यपछि अर्थात् ४० औँ नम्बरमा तोकिएको छ।
प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
