Kathmandu Press

प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश

काठमाडौं, जेठ १५ : प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ।प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन्। आर्थिक...
प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश

काठमाडौं, जेठ १५ : प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ।

प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन्। आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ।

Hardik ivf

आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिनपहिले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ। संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ।  

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो। नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ।

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो। गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो।

प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो।

प्रकाशित मिति: ०६:४८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्