Kathmandu Press

सभामुखकाे असंवैधानिक कदमकाे कांग्रेसले कानुनी उपचार खाेज्ने

कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद भएको जनाएको छ। सभामुख असंवैधानिक कदमविरुद्ध कानुनी उपचार खोज्ने निर्णय पनि बैठकले गरेको छ।
सभामुखकाे असंवैधानिक कदमकाे कांग्रेसले कानुनी उपचार खाेज्ने

कास्की, वैशाख २३ : गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा गरेको घोषणा असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ।

आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो। त्यही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए।

Hardik ivf

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई बहुमतका लागि ३१ सांसदको मत आवश्यक हुन्थ्यो। तर प्रदेशसभाका सभामुख धितालले कांग्रेसको अवरोधका बीच सर्वोच्च अदालतको फैसला बमोजिम मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए।

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा लगत्तै बसेको कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद भएको जनाएको छ। सभामुख असंवैधानिक कदमविरुद्ध कानुनी उपचार खोज्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकपछि प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बहुमत पाउन नसकेका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी सभामुखले गरेको घोषणा पूर्ण रुपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध रहेको बताए।

‘बहुमत सदस्यको विश्वासको मत प्राप्त नगरेको अवस्थामा मा। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको भनी गरिएको असंवैधानिक घोषणारनिर्णय प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति छ,’ प्रमुख सचेतक न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो असंवैधानिक निर्णयलाई नेपाली कांग्रेस संसदीय दल पूर्ण रूपमा अस्वीकार गर्दै कानुनी उपचारको प्रक्रियामा जाने जानकारी गराउँदछौं।’

प्रकाशित मिति: २०:२७ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्