सभामुखले मत हालेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत
६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्ण धितालले समेत अधिकारीले मागेको विश्वासको मतको पक्षमा मत दिँदा ३० मत परेको छ।
पोखरा, वैशाख २३ : सभामुख समेतको मत जोडेर गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्ण धितालले समेत अधिकारीले मागेको विश्वासको मतको पक्षमा मत दिँदा ३० मत परेको छ।
अधिकारीलाई एमालेका २३, माओवादीका सभामुख र नेसपाका फणिन्द्र देवकोटासहित सात र दीपक मनाङे (राजीव गुरुङ) ले मत दिएका छन्।
प्रस्तावको विपक्षमा कांग्रेसको २७ मत परेको छ । राप्रकाका दुई सांसद तटस्थ बसेका छन्।
सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ ।
प्रकाशित मिति: १८:४७ बजे, आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












