Kathmandu Press

सभामुखले मत हालेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्ण धितालले समेत अधिकारीले मागेको विश्वासको मतको पक्षमा मत दिँदा ३० मत परेको छ।
सभामुखले मत हालेपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत

पोखरा, वैशाख २३ : सभामुख समेतको मत जोडेर गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्ण धितालले समेत अधिकारीले मागेको विश्वासको मतको पक्षमा मत दिँदा ३० मत परेको छ।

Hardik ivf

अधिकारीलाई एमालेका २३, माओवादीका सभामुख र नेसपाका फणिन्द्र देवकोटासहित सात र दीपक मनाङे (राजीव गुरुङ) ले मत दिएका छन्।

प्रस्तावको विपक्षमा कांग्रेसको २७ मत परेको छ । राप्रकाका  दुई सांसद तटस्थ बसेका छन्।

सभामुखले असंवैधानिक रुपमा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएको भन्दै कांग्रेसले फेरि सर्वोच्च जाने चेतावनीसमेत दिएको छ ।

 

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्