Kathmandu Press

पहिरोमा परी चीनमा ८ जनाको मृत्यु

फुझाउ, जेठ १४ : चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।  पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका...
पहिरोमा परी चीनमा ८ जनाको मृत्यु

फुझाउ, जेठ १४ : चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।  

पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

Hardik ivf

देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ।

उनीहरूले शनिबार दिएको जानकारी अनुसार बिहीबार रातीदेखि अत्यधिक बर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो।

पहिरोका कारण घर भत्किएर मृत्यु भएका मध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो।

पहिरोका कारण अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन्।

ती सेवा अवरुद्ध हुँदा नौ हजार ७०० भन्दा बढीलाई असर परेको छ भने एक हजार ६०० भन्दा बढी विस्थापित भएका छन्।

प्रकाशित मिति: १८:४५ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्