मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा
संयुक्त राष्ट्रसंघ, वैशाख २१ : संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’को रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ।
मारखोर पाकिस्तानको राष्ट्रिय जनावर हो र यसलाई अङ्ग्रेजीमा स्क्य्रु हर्न गोट पनि भनिन्छ।
उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मारखोर दिवस विश्वव्यापी रूपमा मनाउन आह्वान गरेको र समग्र पारिस्थितिकीय प्रणालीमा मारखोरको भूमिकालाई ध्यानमा राख्दै त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग अभिवृद्धि गर्नका लागि सबै सरोकारवालाहरूलाई उचित ध्यान दिन आमन्त्रण गरेको छ।
यसले संयुक्त राष्ट्र वातावरण कार्यक्रमलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सहजीकरण गर्न आमन्त्रित गर्दछ।
प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१
सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफलसोमबार, मंसिर ३, २०८१
इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमणआइतबार, मंसिर २, २०८१
बाइडेनले गरे ह्वाइटहाउसमा ट्रम्पको स्वागतबिहीबार, कात्तिक २९, २०८१