Kathmandu Press

मनसुता सामुदायिक वनको सम्पत्तिमा अनियमितता, अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध आरोपपत्र 

काठमाडौं, मंसिर ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का...
मनसुता सामुदायिक वनको सम्पत्तिमा अनियमितता, अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध आरोपपत्र 
Hardik ivf

काठमाडौं, मंसिर ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुलबहादुर खत्री, सचिव शोभा भनिने शवीकुमारी खड्का र कोषाध्यक्ष टोपेन्द्र थापाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सामुदायिक वन उपभोक्ता समुहको सम्पत्ति रु चार लाख ५६ हजार बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको भन्दै निजहरु विरुद्ध आज आरोपपत्र दायर गरेको जनाएको छ । तत्कालीन अध्यक्ष खत्रीले बिना अनुमति रुख कटान गरी आर्थिक हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजहरुले आव २०६८-०७९ देखि २०७१-०७२ सम्मको लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित घुम्ती कोष लगानी विवरणमा रु तीन लाख ७२ हजार लिए÷दिएको भनी भरपाइसमेत नभएको झुट्टा विवरण बनाएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै वन हेरालुलाई तलब रु ८४ हजार दिएको विवरण व्यय शीर्षकमा राखी झुट्टा विवरण बनाई आपसी मिलेमतोमा समूहको सम्पत्ति बदनियतपूर्वक हिनामिना गरी आफैँले खाई मासेको पुष्टि हुन आएको हुँदा कसुरमा बिगो रु चार लाख ५६ हजार कायम गरी र निजहरुबाट सो सम्पत्ति असुलउपर हुन मागदावीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्