काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, मंसिर ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६...
काठमाडौं, मंसिर ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७२० रहेको छ।
तीमध्ये काठमाडौंमा ६८६, भक्तपुरमा ४८२ र ललितपुरमा ५५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार