Kathmandu Press

सुदूरपश्चिम प्रदेशम थप ११ जनामा सङ्क्रमण

सुदूरपश्चिम, मंसिर ७ : सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा भाइरस सङ्क्रमण  पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२...
सुदूरपश्चिम प्रदेशम थप ११ जनामा सङ्क्रमण
Hardik ivfHardik ivf

सुदूरपश्चिम, मंसिर ७ : सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा भाइरस सङ्क्रमण  पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

आरटी पिसीआरमार्फत नौ र एन्टिजेन विधिमार्फत दुई जनामा पुष्टि भएको हो। पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र महाकाली र बाजुरा अस्पतालमा एक एक  जनामा सङ्क्रमण पुष्टि भएको छ। एन्टिजेन विधिमार्फत कैलाली र कञ्चनपुरका एक/एक जनामा पुष्टि भएको हो।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन। यसअघि सोमबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०८ जनाको ज्यान गइसकेको छ। 

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्