Kathmandu Press

नवौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव सुरु

कात्तिक, मंसिर  ६ : नवौं  नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव आजबाट सुरु भएको छ।मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा सुरु भएको महोत्सव मंसिर ९ गतेसम्म...
नवौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव सुरु
Hardik ivfHardik ivf

कात्तिक, मंसिर  ६ : नवौं  नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव आजबाट सुरु भएको छ।

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा सुरु भएको महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। कोभिड–१९ को कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै सो महोत्सव अनलाइनको माध्ययमबाट गरिएको हो। 

कार्यक्रममा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र साथै सबै विधाका चलचित्रहरु देखाइनेछन्। 

आवेदन परेका करिब २ हजार २ सय चलचित्रमध्ये उत्कृष्ट ४२ चलचित्र प्रदर्शनका लागि छनोट गरिएको चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले जानकारी दिए। जसमध्ये ५० नेपाली फिल्म आवदेनमा आए। तीमध्ये ११ नेपाली चलचित्र छानिएका छन् भने बाँकी विदेशी चलचित्र छन्। 

महोत्सवमा चलचित्रहरु मुभी डटकम अनलाइन (9nhriff.muvi.com) वेबसाइटमा लग इन गरेर हेर्न सकिनेछ। महोत्सव सुरु भएको दिनदेखि अर्को दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिनेछ। कार्यक्रममा चलचित्र प्रर्दशनसँगै मानवअधिकारकर्मी र कलाकर्मीहरुसँग अन्तरक्रिया, प्लानल डिस्कसनलगायत कार्यक्रमहरु तय गरिएको छ।

महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तरक्रिया तथा छलफल पनि गरिनेछ।

त्यस्तै ‘ओटीटी  प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने?’ भन्नेबारे मास्टर क्लासको पनि आयोजना गरिनेछ।

महोत्सवमा अन्तराष्ट्रिय बिधामाका चलचित्रहरुको प्रर्दशनमात्र गरिने छ भने नेपाली विधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ। जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनोट गरी पुरस्कार घोषणा गरिनेछ।

चलचित्र महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने भएका छन्।

महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदुतावास हुन्। महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आईसिजे, प्लान इन्टनेश्नल, मोबाइल आर्ट फर पिसको सहयोग रहेको छ।

त्यस्तै महोत्सव प्रवर्धनका लागि चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र सञ्जाललगायतको सहकार्य र दर्जनौं संघसंस्थाको एेक्यबद्धतामा महोत्सवको आयोजना गरिएको हो।

प्रकाशित मिति: १७:४६ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा