टी-२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई
जिल्ला क्रिकेट संघले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।धादिङ, कात्तिक १९ : जिल्ला क्रिकेट संघले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।
११ कात्तिकदेखि विशालटारमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो । टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो ।
प्रतियोगिताको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिए । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरे ।
प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जय ट्रफीको पहिलो दिन स्पिनर हावी, तीन ‘५ विकेट हल’आइतबार, पुस २१, २०८१
जय टफी : सन्दीपले लिए ५ विकेट लिँदा बागमतीविरूद्ध मधेश १०२ रनमै समेटियाेआइतबार, पुस २१, २०८१
जय ट्रफी : ललितले ७ विकेट लिँदा पुलिसविरुद्ध आर्मी १२१ रनमै अलआउटआइतबार, पुस २१, २०८१
‘रेड बल’ क्रिकेट अर्थत जय ट्रफी सुरुआइतबार, पुस २१, २०८१