‘रेड बल’ क्रिकेट अर्थत जय ट्रफी सुरु
बिहान ९ बजेबाट नै सुरु हुने भनिए पनि बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा खेल केहीबेर अघि मात्र सुरु भएको छ। जसमा खेलाडी साेताे जर्सी लगाउर राताे बलले खेलिरहेका छन्।
काठमाडाैं, पुस २१ : नेपालमा लामो समयपछि ‘रेड बल’ क्रिकेट अर्थात मल्टिडे क्रिकेट जय ट्रफी मेन्स एलिट कप क्रिकेट वीरगञ्ज र जनकपुरमा सुरु भएको छ।
बिहान ९ बजेबाट नै सुरु हुने भनिए पनि बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा खेल केहीबेर अघि मात्र सुरु भएको छ। जसमा खेलाडी साेताे जर्सी लगाउर राताे बलले खेलिरहेका छन्।
४ टिम सहभागी प्रतियोगिताको पहिलो दिन वीरगञ्जस्थित नारायणी रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् भने जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मधेश प्रदेश र बागमती प्रदेशबीच खेल भइरहेको छ।
नारायणी रंगशालामा टस जितेर पुलिसले बलिङ रोजेपछि आर्मी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा ६ ओभरमा आर्मीले २ विकेटको क्षतिमा ७ रन बनाएको छ। उसका सोमपाल कामी र कुशल मल्ल क्रिकजमा छन्। अप्रत्यासित रुपमा सोमपाल खेलमा ओपनिङमा आएका थिए।
आर्मीका दुवै विकेट ललित राजवंशीले आफ्नो पहिलो ओभरमै लिएका थिए। जसमा सन्तोष कार्की १ र तृतराज दास डक भएका थिए।
यता, रामजानकी क्रिकेट मैदानमा मधेश ब्याटिङमा छ। ताजा अवस्थामा उसले ७ ओभरको समाप्तिमा २१ रन बनाउँदा १ विकेट गुमाएको छ। उसका कप्तान हरिशंकर साह १८ बलमा ४ रन बनाएर आउट भए।
क्रिजमा मयन यादव १६ र निज यादव शुन्य रनमा खेलिरहेका छन्। बागमतीका लागि नन्दन यादवले विकेट लिएका छन्।












-(32)-1764944804.jpeg)