Kathmandu Press

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ स्थित सडकमा...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७ : देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ स्थित सडकमा ना.५ ख ६०४६ नम्बरको ट्रकले बा. २९ प ६३४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका ७ बस्ने २० वर्षीय संजय भुसालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो ।

Hardik ivf

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा, कर्जन्हा नगरपालिका ११ राई गाउँस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ ।

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । सल्यान, कपुरकोट गाउपालिका ३ मुलपानीस्थित सडकमा भे १ च १८९० नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार बागचौर नगरपालिका १ बस्ने १८ वर्षीय आशिश बस्नेतकोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तुलसीपुर प्रादेशिक अस्पतालममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिप चालक बागचौर नगरपालिका २ खरिबोट बस्ने १९ वर्षीय हिक्मत पुन मगर लगायत ४ जनाको सोही अस्पतालमा तथा जिपमा सवार सोही ठाउँ बस्ने २८ वर्षीया बबिता रावललाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्