Kathmandu Press

सोमपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले नेपाललाई दियो १७३ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो।
सोमपालको उत्कृष्ट बलिङ, वेस्टइन्डिज एले नेपाललाई दियो १७३ रनको लक्ष्य
Hardik ivf

काठमाडाैं, वैशाख २२ : ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज एले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो।

वेस्टइन्डिज एका लागि एलिक एथानाइजले सर्वाधिक ४२ रन बनाए। उलने २९ बलम १ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोस्ट चेसले ३३, जोन्सन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।

वेस्टइन्डिजलाई थोरै योगफलमा रोक्ने क्रममा सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अर्को विकेट अविनाश बोहराको नाममा रह्यो।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्