Kathmandu Press

वेस्टइन्डिज टस जितेर ब्याटिङमा, नेपाली टिममा गुल्सन र ललित आउट, सागर र अनिल इन

नेपालले टिममा २ परिवर्तन गरेको छ। प्रशिक्षक मोन्टी देसाईले गुल्सन झा र ललित राजवंशीलाई अराम दिँदै अनिल साह र सागर ढकाललाई टिममा राखेका छन्।
वेस्टइन्डिज टस जितेर ब्याटिङमा, नेपाली टिममा गुल्सन र ललित आउट, सागर र अनिल इन

काठमाडाैं, वैशाख २२ : ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा पनि वेस्टइन्डिजले नै टस जितेको छ। वेस्टइन्डिज एका कप्तान रोस्टन जेसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। सिरिजका पाँचै खेलमा वेस्टइन्डिजले पहिला ब्याटिङ गरेको छ।

नेपालले टिममा २ परिवर्तन गरेको छ। प्रशिक्षक मोन्टी देसाईले गुल्सन झा र ललित राजवंशीलाई अराम दिँदै अनिल साह र सागर ढकाललाई टिममा राखेका छन्।

विश्वकप अघि नेपालको अन्तिम खेल हो। यो सिरिज नेपालले ३–१ले गुमाइसकेको छ।

खेलसकिएपछि नेपाल आजै राति विश्वकपको तयारीका लाग वेस्टइन्डिज जानेछ।

वेस्टइन्डिजले पनि टोलीमा तीन परिवर्तन गरेको छ। आन्द्रे फ्लेचर, केसी कार्टी र कीमो पलको स्थानमा मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन टिममा परेका छन्।

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्