Kathmandu Press

मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको उद्घाटन

धनुषा, कात्तिक ६ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको...
मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको उद्घाटन
Hardik ivfHardik ivf

धनुषा, कात्तिक ६ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। 

सेवा केन्द्रका नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले आजको भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डो¥याउने सेवा केन्द्रको भूमिका प्रशंसनीय रहेको बताए।

पाँच कठ्ठा क्षेत्रफलमा चार करोड ५० लाख ्ररुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँगसम्बन्धी प्रशिक्षण सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापासहित समाजसेवीको विशेष सहभागिता थियो।

प्रकाशित मिति: १९:३० बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्