Kathmandu Press

एमाले स्थायी कमिटीको आठबुँदे निर्णय : दशौँ महाधिवेशन व्यवस्थापन कमिटी गठन

काठमाडौं, कात्तिक ५ : ४–५ कात्तिकमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्न नेता रामबहादुर थापा ‘बादल’को संयोकत्वमा २१ सदस्यी...
एमाले स्थायी कमिटीको आठबुँदे निर्णय : दशौँ महाधिवेशन व्यवस्थापन कमिटी गठन

काठमाडौं, कात्तिक ५ : ४–५ कात्तिकमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्न नेता रामबहादुर थापा ‘बादल’को संयोकत्वमा २१ सदस्यी मूल व्यवस्थापन कमिटी गठन गरेको छ।

बैठकको आठबुँदे निर्णयअनुसार १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि गठित समितिको सह–संयोजकमा सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरूमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा तोकिएका छन्। एक सदस्य पछि मनोनयन गरिने सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

महाधिवेशनमा प्रतिनिधि चयन गर्ने प्रयोजनका लागि प्रक्रियामा सहभागी हुन ०७७ चैत मसान्तभित्र सदस्यता प्राप्त गरेका पार्टी सदस्यहरू योग्य हुने निर्णय स्थायी समितिले गरेको छ।

महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिने र त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई विशेष प्रशिक्षण दिन निर्णय पनि बैठकले गरेको छ।

महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायत विषयमा निर्णय लिन ११ कात्तिकमा स्थायी कमिटी र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

महाधिवेशनमा विदेशी भाइचारा तथा मित्र पार्टीहरू र मुलुकभित्रका राष्ट्रिय राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ।

प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्