पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं, कात्तिक ५ : पाँचथरमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। लगातार कात्तिक १ देखि ३ गतेसम्म परेको वर्षतको कारण गएको बाढी र पहिरोमा परी शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको हो।

आज जिल्लाको पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै यो संख्या ३० पुगेको 

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माका अनुसार आज थप दुई जनााको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ३० पुगको हो।
 
शुक्रबार फाल्गुनन्द गाँउपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका ६ की २२ वर्षीय सम्पदा आले मगरको शव फेला परेको हो।

यसअघि बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको सनाखत भइ सकेको छ। 
 

 Published Date: Friday, 22nd October 2021 8:09:00 pm