Kathmandu Press

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

काठमाडौं, कात्तिक ५ : युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन्। नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल...
नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

काठमाडौं, कात्तिक ५ : युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गरेका छन्। नेपाल स्काउटको प्रमुख स्काउटसमेत रहेका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गरेका हुन्।

दीक्षान्त पश्चात वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गरेका थिए।

Hardik ivf

सो अवसरमा मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताए। उनले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफू पनि दृढ रहेको बताउँदै राष्ट्रिय अन्तरराष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए।

समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मानसमेत गरिएको थियो। मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गरी भौतिक सम्पत्तिको बारेमा जानकारी लिंदै अवलोकन गरेका थिए।  

कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजकलगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो।

नेपालमा सन् १९५२ मा स्थापना भएको स्काउट हालसम्म निरन्तररूपमा सबै जिल्लामा क्रियाशिल रहेको छ। अनुशासन, साहस एवम् सहयोगलाई मूलमन्त्र मानेर अघि बढेको स्काउटको मिसनअनुसार नेपालमा युवालाई जिम्मेवार नागरिक बनाउने, उनीहरुको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्य लिएको छ।

स्काउट विशुद्ध गैरराजनीतिक एवम् सामाजिक अभियानको अभियन्ताको रूपमा आम नेपाली युवायुवती, बालबालिका तथा वृद्धवृद्धालाई चेतनाको विकास गराई देश विकास तथा समृद्धिका निम्ति आर्थिक, शैक्षिक, सामाजिक, मानसिक, सांस्कृतिक रूपान्तरण गराउने कार्यमा निरन्तर लागिपरेको छ।

प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्