उपत्यकामा थपिए २२२ कोरोना संक्रमित, सक्रिय संक्रमित २,४४६ जना

काठमाडौं, कात्तिक ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२२ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४४६ रहेको छ।

तीमध्ये काठमाडौंमा १,२७१, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 Published Date: Friday, 22nd October 2021 4:32:00 pm