Kathmandu Press

ठगीको आरोपमा एकजना पक्राउ

रौतहट, कात्तिक ५ : अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका–१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर २४...
ठगीको आरोपमा एकजना पक्राउ
Hardik ivf

रौतहट, कात्तिक ५ : अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा बौधीमाई नगरपालिका–१ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर २४ वर्षीय विकेश जयसवाललाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कोभिड–१९ ले अप्ठेरोमा परेका विभिन्न महिलाका लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग विकेशले नगद ३ हजार÷३ हजार ३ सयका दरले अवैध रुपमा पैसा उठाई ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनशायले ठगी गरेको उक्त रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो। 

उनीउपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्