Kathmandu Press

सुनिल सेट्टीले नेपाली चलचित्र खेल्ने

काठमाडौं, कात्तिक ४ : बलिउड अभिनेता सुनिल सेट्टी नेपाली चलचित्र देखिने भएका छन्।चलचित्र कथानक चलचित्र ‘एक्स नाइन’मा उनी अनुबन्धित भएका छन्। सो चलचित्रका निर्देशक...
सुनिल सेट्टीले नेपाली चलचित्र खेल्ने

काठमाडौं, कात्तिक ४ : बलिउड अभिनेता सुनिल सेट्टी नेपाली चलचित्र देखिने भएका छन्।

नेपाली कथानक चलचित्र ‘एक्स नाइन’मा उनी अनुबन्धित भएका छन्। सो चलचित्रका निर्देशक मुकुन्द भट्टले सेट्टीलाई अनुबन्धन गरेको पुष्टि गरेका छन्।

Hardik ivf

निर्देशक भट्टले चलचित्रका लागि नेपाल आएका सेट्टीलाई स्वागत गरेका छन्। सेट्टीले सो चलचित्रमा छोटो भूमिका निभाउने बताइएको छ। त्यसका लागि चलचित्र निर्माण टिमले उनलाई लागि १ करोड भारतीय रुपैयाँ दिने सम्झौता गरेको स्रोतको भनाइ छ। 

निर्देशक भट्टले एक्स नाइन आगामी वर्षको दसैंमा सार्वजनिक गर्ने तयारीका साथ काम अघि बढाइएको जनाइएको छ।

यसअघि चलचित्र  ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टले यस चलचित्रमा अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल, अनुप विक्रम शाही, प्रियंका कार्कीलगायत कलाकारलाई अनुबन्धन गरिसकेको जनाइएको छ।

एक्स नाइन चलचित्र युरोपमा समेत छायांकन गर्ने तयारी निर्माण टिमले गरेको छ।

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्