Kathmandu Press

कान्तिपुर सिनेमाजमा ‘भाउ’

काठमाडौं र भक्तपुरमा छायांकन गरिएको ‘भाउ’मा कवाडीवालाको मुख्य भूमिका सुवास गजुरेलले निर्वाह गरेका छन् भने सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभियन छ।
कान्तिपुर सिनेमाजमा ‘भाउ’

काठमाडौं, वैशाख २४ : विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको सर्टफिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ कान्तिपुर सिनेमाज ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ। फिल्मले कवाडीवालाको कथा प्रस्तुत गरेको छ।

तराईबाट काठमाडौं आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई फिल्ममा देखाइएको छ।

Hardik ivf

काठमाडौं र भक्तपुरमा छायांकन गरिएको ‘भाउ’मा कवाडीवालाको मुख्य भूमिका सुवास गजुरेलले निर्वाह गरेका छन् भने सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभियन छ।

मोहन अभिलाषीको लेखन र निर्देशन रहेको फिल्ममा नारायण जिसीको छायांकन र करण साउदको सहायक निर्देशन छ।

अंग्रेजी सबटाइटलसहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन्। नरेन भट्टराईको प्रोडक्सन रहेको फिल्ममा गणेश बिसीको सम्पादन र राकेश दाहालको कलरिङ छ।

‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको मनोनयन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो।

अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई फिल्म फेस्टिभलमा छनोटमा परेको थियो।

प्रकाशित मिति: १०:२७ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्